मानिक दहको उत्तरपट्टी रहेको एक गाउँ...


 सिरहाको लहान नगरपालिका वडा नं २४ मा रहेको ऐतिहासिक स्थल मानिक दह नजिकै एक मुसहर बस्ती रहेको छ। हेर्दा सुन्दर र सफा देखिने यो गाउँका गाउँलेहरु कष्टकर जीवन बिताउन बाध्य छन्। कारण एउटै हो - गरीबी। करिब ३० घर संख्या भएको यो गाउँमा पानीका लागि एउटा मात्र सार्वजनिक कल रहेको छ। गाउँका सबैजना त्यसै कलबाट पानी पिउने गरेका छन्। कहिले कुनै कारणवश कल बिग्रेमा निकै समस्या भोग्नुपरेको स्थानीयहरुले बताउँछन्। ऐलानी जग्गा घर बनाई बसिरहेका उनिहरु अधिकांश बेरोजगार छन्। हातमुख जोड्न दिनभर खोलामा गिट्टी-बालुवा चालेर साझमा घर फर्कन्छन्। गाउँमा कक्षा ५ भन्दा बढी पढेलेखेको कोहि पनि छैनन्। पढ्ने उमेरका बालबालिका एवम् युवायुवतीहरु खोलामा वा अर्काको ट्याक्टरमा मजदुरी गर्छन्। अशिक्षित युवायुवतीहरुले कलिलै उमेरमा विवाह गरि जन्माएका शिशुहरुको सानो उमेरमै मृत्यु हुनेगरेको छ। अधिकांश बच्चाहरु कुपोषणको सिकार भएका छन्। अधिकांश गाउँलेहरुले नागरिकता समेत नपाएको भनी गुनासो गर्छन्। कसैको पनि घरमा चर्पी छैन भने धेरैजना अहिले पनि बिजुलीको पहुँचमा छैनन्। यस्तो समयमा उनिहरुको जिवनको अन्धकारलाई मेट्न चाहिएको सबैभन्दा ठूलो हतियार शिक्षा हो। अहिलेका बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन सके उनिहरुको भविष्य पक्कै पनि उज्यालो हुनेछ।

Comments

Popular posts from this blog

My Idol: Dhirendra Premarshi

Who is a teacher?